Dr. K. C मरे के होला ?

Dr K. C during fasting

विदेश जान पाइन्छ कि भनि तयारी मा छु म, समाचार धेरै सुन्या छैन अचेल, साधु बुडा लडेको १९ दिन पुगी सकेछ, फसेबुके मित्र हरु खासै कराको सुनीएन यसपाली, सायद म जस्तै बेस्त छन् होला कतै |

काठमाडौँ बाट ७०० कि.मि पर सुनसरीमा बस्छन् मेरा ६८ बर्षे बा अनि ५५ बर्षे आमा | सुन्दैछु घरमा गाई लडेको ३० दिन पुगी सक्यो रे, बा-आमा त्यतै बेस्त हुनु हुन्छ, दाई दिदिको इस्नातकको परिक्ष्य चल्दै छ, मेरा बुडा घरपट्टी बा-आमा कति बेला पानि, बिजुली अनि अमेरिका बाट छोरा-छोरीको फोन आउला भनेर कुरी बस्छन, अझ बा धेरै बिरामी पनि छन् क्यारे |

घर बाहिर निस्कन नपाउदै मेलम्ची आयोजानेले ल्याएको माटोको थुप्रो देखिन्छ, अझ पर पुग्यो फोहोरका थुप्रा माथि मिठा फल खोज्दै गरेका कुकुर अनि केहि ठुला बोरा बोकेका मानिसको मिठै संगम देख्न पाईन्छ, के थाहा साधु K.C को हुन् इनलाई, मृत्यु कतै यस्तै फोहोरको थुप्रोमा त हुने हो आखिर इनको |

काठमाडौँका मूल सडकमा मानिसको ठुलै भिड देख्न पाइन्छ | अधिकाम्स देशका विभिन्न भागबाट आएका मानिस भेटिन्छन् यहाँ | कोहि खाडी जान, कोहि सुकिला देश जान, कोहि पढ्न, कोहि दाम कमाउन, कोइ नाम कमाउन त कोहिँ जोइ लि आउछन् यहाँ | भिन्न जात, रंग, रुप, ठाउँ अनि अवस्थाका मान्छे सजिलै भेट्न सकिन्छ यहाँ | बागमतीमा बग्ने पानी, अनि काठमाडौँमा चल्ने हावाको मिश्रण झैँ छ मानिसको मिश्रण यहाँ | ई भिड मा Dr. K.C गुनजिन्छन् होलान् कतै कतै, तर मुखमा लाग्ने माड़, अंगमा लगाउने कपडाको अनि साना मानिसले देख्ने ठुला सपनाको दरिलै सम्बन्ध हुन्छ उसको व्यवहार, चाल-चलन अनि बोलि चाली संग | २-४ हजारको कमाइमा जिबिकोपार्जन गर्नेलाई सधै चिन्ता हुन्छ उसको एकदिनको कामको र बेलुका को माम को, Dr. K.C त अलिक परकै कुरा भए |

सानो मईक्रोमा कोचीएपछी, खलासीको गाली अनि ट्राफिक जाममा फसे पछि देशको चिन्ता अनि माया गर्ने कैयौँ सपुत भेटीन्छन् | साह्रै घत लाग्दा कुरा पनि गर्छन्, धेरै जसो सहमतहुने मिठा कुरा, तर बास्तविक जीवनमा इ विचार अनि इनको प्रयोग माइक्रोका यात्रीको दुरी जति नै छोटा देखिन्छन | माइक्रोबाट वर्लनुस, मिठा कुरालाई घुटुक्क निल्नुहोस, धुलो खानुस् गन्तब्य तिर लाग्नुस्, चिन्ता नगरौ Dr. K.C अझ केहि समयका लागि सुत्दै गर्छन |

नियाली हेरे, नेपाली राजनीत र राजनीतिकर्मी दुवै बडो महत्वकांछी र मानोरंजनात्मक देखिन्छन | ठुला टाउका सधै कुदी रहेको अनि बेस्त देख्न पाइन्छ | बाटोमा हिड्ने सर्वसाधारणलाई २-४ मिनेट वा ताल परे २-४ घण्टै रोकेरै भए पनि, लेन मिचेरै भए पनि, २-४ जनाको गाली सुनेरै भए पनि, बेगका साथ् हिड्छन् मान्यजनहरु, आखिर देश बनाउने सवाल जो छ | सधै सहमति नाजिक पुग्ने तर सहमति कहिले नहुने परिपाटी पनि बडो मनोरन्जनात्मक छ | असहमतिले गर्दा पत्रकारले बिषय पाएका छन्, गन्नेमान्नेले वाद-विवादका लागि बिषय, सामाजिक संजालका बढे बढे देशभक्त योद्धाले समय बिताउने माध्यम, अनि नयाँ पुस्ताले मन्त्रि, सचिब देखि लियर पिउन सम्म हुने मौका पाएका छन् | यति मात्रमा सिमित छैनन् नेताहरु, अलिक फरक धार पनि छ राष्ट्रिय राजनीतिमा | ति धारलाई त अझ नयाँ देश नै चाहिएको छ | पेट्रोलको भाउ २ रुपैया वृद्धि हुदा २-३ दिन देश बन्द गर्ने राजनीतिक भात्री संगठन अचेल खासै कराको सुनिदैन, सायद पढ्नमा बेस्त छन् होलान बिधार्थी साथीहरु | यस्ता बेस्त व्यक्तिवाट के आश गरेर K.C लड़छन्, बुझ्न गारो छ |

Dr. K. C मरे के नै होला र ?

केहि समय टोलाएको ढोंङ गर्न पाईन्थ्यो होला, १-२ हप्ता सामाजिक संजालमा बिबेकशील हुने, ठुला गफ हाक्ने अवसर पनि मिल्ने थियो हामीलाई | मिठा अनि निक्कै बिक्ने सिर्सक पाउने थिए पत्रकारले | रमाउने थिए ति सबै, जीत झोला रिजाल, गनाउने थापा, प्रसन्डे अनि लेउबाकै हुने थियो, आखिर हुने पनि इनिहरु कै त हो सधै यो देशमा | चाडै गर बुडा, जिताउ तिनीहरुलाई, तिमी जस्ताको खासै काम छैन यो देशमा | १० पल्ट लडेकोमा धेरै धेरै धन्यबाद छ | उहिँ तिम्रो साहै व्यस्त साथि !!




Enjoy Reading This Article?

Here are some more articles you might like to read next:

  • Selected Books
  • Read these papers
  • We All Live One Day
  • Roll Number 48: A Twist of Fate
  • Reflection, could be a dream